सावित्राको ६४ अन्तर्राष्ट्रिय गोल पूरा
बुधबार, १८ असार २०८२, २० : २२
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डरीले ६४ अन्तर्राष्ट्रिय गोल पूरा गरेकी छन् ।
बुधबार श्रीलंकाविरुद्धक भएको खेलमा ३ गोल गर्दै उनले ६० खेलमा ६४ गोल पूरा गरेकी हुन् ।
सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बा नेपाली राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता पनि हुन् ।
नेपालका लागि साम्बापछि पूर्वकप्तान अनु लामाले ३५ गोल गरेकी छन् । सावित्राले यसै प्रतियोगिताअन्तर्गत ओमानविरुद्ध पाँच गोल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण