कांग्रेस केन्द्रीय समिति बैठक जारी
बिहीबार, १९ असार २०८२, ०८ : २३
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा साङ्गठनिक गतिविधि र समसामयिक विषयमा छलफल जारी छ।
- बैठकमा नेताहरूले सरकार र बजेटको समीक्षा गर्दै केपी शर्मा ओली सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
- देउवा पक्षधरले गठबन्धनको विकल्प खोज्नु हानिकारक हुने तर्क गरे भने महाधिवेशन चाँडो गर्न माग गरे।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ ।
बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले ल्याएको बजेटको समीक्षा पनि गरिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले केपी शर्मा ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् ।
देउवा पक्षधर सदस्यहरूले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् । बैठकमा पार्टीको १५औँ महाधिवेशन र भ्रातृ सङ्गठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण