सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

वैभव सूर्यवंशी चम्किँदा भारतलाई २–१ को अग्रता

बिहीबार, १९ असार २०८२, १२ : १६
बिहीबार, १९ असार २०८२

सारांश

  • नर्थह्याम्प्टनमा भएको खेलमा भारतको यू-१९ ले इंग्ल्याण्ड-१९ लाई ४ विकेटले पराजित गर्यो, शृङ्खलामा २-१ को अग्रता लियो।
  • इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै २६८ रन बनाएको थियो, जसमा थोमस रियुले ७६ रन बनाए।
  • भारतका वैभव सूर्यवंशीले ३१ बलमा ८६ रन बनाएर भारतको जितमा महत्त्वपूर्ण योगदान दिए।

नर्थह्याम्प्टन । नर्थह्याम्प्टनमा खेलिएको तेस्रो युवा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतको यू–१९ ले इंग्ल्याण्ड–१९ लाई ४ विकेटले पराजित गर्‍यो। यससँगै भारतीय टोलीले ५ खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ। 

भारतीय टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्‍यो। वर्षाका कारण खेल ४०–४० ओभरको लागि खेलाइएको थियो।  पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ६ विकेट गुमाउँदै २६८ रन बनाएको थियो। २६९ रनको लक्ष्य पछ्याउँदै, टोली भारतले ३३ बल बाँकी रहँदा जित हात पारेको थियो । यस खेलमा जितका नायक १४ वर्षीय वैभव सूर्यवंशी थिए। उनले ३१ बलमा ८६ रन बनाए।

इंग्ल्याण्डका ओपनरहरूले टोलीलाई राम्रो सुरुवात दिए। इंग्ल्याण्डको पहिलो विकेट ७८ रनमा खसेको थियो । तर बिचमा उनीहरूले ३५ रनमा ४ विकेट गुमाए। इंग्ल्याण्डका लागि थोमस रियुले उत्कृष्ट अविजित ७६ रन बनाए भने बेन डकिन्सले ६२ र इसाक मोहम्मदले ४१ रन बनाए।

यसैबिच, रियु र राल्फी अल्बर्ट (२१ रन) ले ६० रन जोड्दै स्कोर २६८ पुर्‍याए। भारतका लागि कनिष्क चौहानले ३० रन खर्चेर ३ विकेट लिए भने नमन पुष्पक, विहान मल्होत्रा र दीपेश देवेन्द्रनले १–१ विकेट लिए। २६९ रनको लक्ष्य पछ्याउन आएको भारतीय टोलीलाई वैभव सूर्यवंशीले द्रुत सुरुवात दिए। उनले मोर्गनको एक ओभरमा लगातार दुई छक्का प्रहार गर्दै भारतको स्कोर ४।४ ओभरमा ५० रनमा पुर्‍याए। 

सूर्यवंशीले भारत यू–१९ को इतिहासमा तेस्रो सबैभन्दा छिटो अर्धशतक मात्र २० बलमा प्रहार गरे र ३१ बलमा ८६ रन बनाए। उनले आफ्नो इनिङ्समा ६ चौका र ९ छक्का प्रहार गरे। इंग्ल्याण्डको २६८/६ को जवाफमा भारतले ४० ओभरमा ३३ बल बाँकी रहँदा खेल जित्यो। सूर्यवंशी आउट हुँदा भारतले ८ ओभरमा १११/२ बनाएको थियो। 

यसपछि विहान मल्होत्राले ३४ बलमा ४६ रन बनाए तर उनको र अन्य दुई विकेट चाँडै पतन भयो । यद्यपि कनिष्क चौहान (४३ रन) र आरएस एम्ब्रिस (३१ रन) ले अविजित ७५ रनको साझेदारी गर्दै भारतलाई जित दिलाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप