बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आईपीओ निष्काशनका लागि बन्दीपुर केबुलकारले पायो अनुमति

बिहीबार, १९ असार २०८२, १७ : ५०
बिहीबार, १९ असार २०८२

सारांश

  • बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ।
  • कम्पनीले सर्वसाधारण समूहमा ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो।
  • कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

काठमाडौँ ।  बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बिहीबार बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारण समूहमा अंकित मूल्य १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको छ ।  केयर रेटिङमा कम्पनीले नेपालबाट बीबी रेटिङ पाएको छ ।

निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ ।  कम्पनी पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्ने कम्पनीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप