अदालतको आदेशपछि परिचारिका काममा फर्किने
सारांश
- नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश अनुसार विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जनाएको छ।
- असार ६ गतेको अन्तरकालिन आदेश अनुसार, निगमले प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गराएको हो।
- अदालतको निर्णयले निगममा कार्यरत करारका क्याबिन क्रुलाई ५० वर्षसम्म सेवा सुनिश्चित गरेको छ।
काठमाडौँ । नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ । यही असार ६ गतेको अन्तरकालिन आदेश बमोजिम निगमले श्रम अदालतमा बुधबार बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गरांएको हो ।
आजै निगमले कार्कीलाई काममा फर्कन इमेलमार्फत पत्राचार गरेको उनका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । श्रम अदालतको आदेश बमोजिम आफूलाई काममा फर्काउन निगम सहमत भएको र सोही अनुसार आफू नियमित सेवामा रहने विमान परिचारिका कार्कीले बताइन् । वरिष्ठ विमान परिचारिका कार्कीलाई कार्यालयमा हाजिर गराउन असार ६ र असार १३ गते अदालतबाट अन्तकारलीन आदेश जारी गर्दै विपक्षी निगम व्यवस्थापनलाई अदालत झिकाएको थियो ।
श्रम अदालतका न्यायाधीशहरु जनकराज पाण्डे, निशा बाँनिया र शैलेन्द्रकुमार चौरसियाको इजलासबाट उक्त आदेश जारी भएको थियो । अदालतको यो निर्णयले अब निगममा कार्यरत करारका क्याविन क्रुलाई कम्तीमा ५० वर्ष उमेरसम्म सेवा सुनिश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण