‘लुटको धन फुपूको श्राद्ध जस्तै मन्त्रीहरूले बजेट आफ्नो क्षेत्रमा मात्रै पारे’
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले मन्त्रीहरूले बजेटको पारदर्शी वितरण नगरी आफ्नो निर्वाचन क्षेत्रमा मात्रै पारेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबारकाे केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा सदस्यसमेत रहेकी गौतमले मन्त्रीहरूले लुटको धन फुपूको श्राद्ध उखानसँग मेलखाने गरी आफ्नो क्षेत्रमा मात्रै वितरण गरेको बताइन् ।
‘बजेटका विषयमा सङ्घ र प्रदेश सरकारका मन्त्रीहरूले बजेट वितरण पारदर्शी रूपमा गरेनन्,’ गौतमले भनिन्, ‘लुटको धन फुपूको श्राद्ध भनेझैँ आफ्नै क्षेत्रभित्र मात्रै लैजान पर्ने । यो भएन अब पार्टीले वैज्ञानिक ढङ्गबाट बजेट वितरण प्रणालीको विधि बनाउनु लाग्नुपर्छ ।’
उनले वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको भूमिकाप्रति साथीहरू सन्तुष्ट हुन नसकेको बताइन् । पार्टी र जनप्रतिनिधिको भूमिका कमजोर बन्दै गएको बताउँदै गौतमले यसलाई कसरी सुधार गर्ने भन्नेबारेमा नेतृत्व गम्भीर हुनुपर्ने बताइन् ।
नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, तरुण दल आवधिक अधिवेशन गर्न नसक्दा पार्टी पार्टी कमजोर बनेको उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण