जैसवालले बनाए नयाँ कीर्तिमान, गावस्कर र सचिनलाई पछि पारे
सारांश
- यशस्वी जैसवालले एजब्यास्टनमा इंग्ल्याण्डविरुद्धको टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरे।
- उनले ४०औं टेस्ट इनिङ्समा २ हजार रन पूरा गर्दै राहुल द्रविड र वीरेन्द्र सेहवागको कीर्तिमान बराबरी गरे।
- जैसवालले २१ टेस्टमा २ हजार रन बनाउँदै सुनिल गावस्करको ४९ वर्ष पुरानो कीर्तिमान तोडे।
एजबास्टन । २३ वर्षीय भारतीय बायाँ हाते ओपनर यशस्वी जैसवालले एजब्यास्टन इंग्ल्याण्डविरुद्धको टेस्ट क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। खेलको दोस्रो इनिङ्समा जैसवालले आफ्नो नाममा एउटा ऐतिहासिक कोसेढुङ्गा थपेका छन्।
आफ्नो ४० औँ टेस्ट इनिङ्स खेलिरहेका जैसवालले २ हजार टेस्ट रन पूरा गरेका हुन्। उनी राहुल द्रविड र वीरेन्द्र सेहवागसँगै यो सबैभन्दा चाँडो यो कीर्तिमान हासिल गर्ने भारतीय खेलाडी बनेका छन् । जैसवालसँग पहिलो इनिङ्समा नै यो रेकर्ड तोड्ने अवसर थियो तर उनी ८७ रनमा आउट भएकाले ११ रनले पछि परेका थिए।
हालका भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर र भारतीय टेस्टका पूर्व कप्तान विजय हजारे दुवैले ४३-४३ इनिङ्समा यो कोसेढुङ्गा पार गरेका थिए। जबकि, सुनिल गावस्कर र सचिन तेन्दुलकर लाई २ हजार टेस्ट रनको आँकडामा पुग्न ४४-४४ इनिङ्स लागेको थियो।
समग्रमा, जैसवाल यो सूचीमा १६ औँ स्थानमा छन् । सर डन ब्राडम्यानलाई रेड-बल क्रिकेटमा आफ्नो करियरको २ हजार रन पूरा गर्न मात्र २२ इनिङ्स लागेको थियो।
जैसवालले महान् सुनिल गावस्करको ४९ वर्ष पुरानो रेकर्ड भने तोडेका छन् । उनी सबैभन्दा कम टेस्ट म्याच खेलेर सबैभन्दा छिटो २ हजार रन बनाउने भारतीय खेलाडी बनेका छन्।
जैसवालले मात्र २१ टेस्टमा यो कोसेढुङ्गा पार गरे । योसँगै उनले सन् १९७६ देखि कायम रहेको गावस्करको २३ म्याचको लामो समयदेखिको रेकर्डलाई पछि पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण