एसियन कप छनोट: नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा प्रवेश
सारांश
- एसियन कप छनोटमा नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा पुग्यो।
- सावित्रा भण्डारीले ह्याट्रिक गर्दै नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिन् र खेल बराबरीमा ल्याइन्।
- उज्बेकिस्तानले सुरुवाती अग्रता लिए पनि खेलमा ३-३ को बराबरी भएपछि पेनाल्टीमा पुग्यो।
काठमाडौँ । एसियन कप २०२६ छनोट अन्तर्गतको निर्णायक खेलमा नेपाल र उज्बेकिस्तानबीचको प्रतिस्पर्धा अब पेनाल्टी सुटआउटमा पुगेको छ।
निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय अब पेनाल्टीमार्फत गरिने भएको हो।
खेलमा नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले खेलको २४, ७१ र ७३ औँ मिनेटमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
उज्बेकिस्तानले खेलको सुरुआती चरणमै अग्रता लिएको थियो। दोस्रो मिनेटमा खबिबुलाएभा डियोराखोनले पहिलो गोल गरेकी थिइन् भने ११ औँ मिनेटमा समीक्षा घिमिरेको आत्मघाती गोल र ३९ औँ मिनेटको पेनाल्टीमार्फत उज्बेकी टोलीले तीन गोल पूरा गरेको थियो।
पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तान १० खेलाडीमा सीमित बनेको थियो। एर्गासेभा नोजिमाखोनले सावित्रा भण्डारीमाथि फउल गरेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिरिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण