भारतबाट सात बालकको उद्धार
सारांश
- भारतबाट सात जना बालकको उद्धार गरिएको छ र उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ।
- उनीहरू तीन महिनाअघि भारतको चेन्नइमा काम गर्न जाँदै गर्दा मुजफ्फरपुर रेल्वे स्टेसनमा फेला परेका थिए।
- उद्धार गरिएका बालकहरूमध्ये सर्लाहीका तीन र महोत्तरीका चार जना रहेका छन्, जो कामको खोजीमा भारत गएका थिए।
जनकपुर । भारतबाट सात बालकको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।
तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेसन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर उद्धार गरी शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए ।
भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चार रहेका छन् । उनीहरू कामको खोजीका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निकिता मिश्रले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण