इस्ट जोन कपमा चम्किएका यी ‘यङ राइनोज’
काठमाडौँ । मलेसियामा शनिबार सम्पन्न एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधि नेपालको युवा टोलीले जितेको छ । यङ राइनोसले लगातार दोस्रोपटक यो उपाधि जित्न सफल भएको हो । अघिल्लो संस्करणमा नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।
वाईएसडी यूकेएम ओभल मैदानमा पहिले ब्याटिङ गरेको सिंगापुरलाई नेपाली बलरहरूले १ सय १३ रनमा सीमित गर्न सफल भयो । तर, टोलीको रन चेस सोचेजस्तो सहज भने हुन सकेन ।
ब्याटिङमा प्रतियोगितामा पहिलोपटक संघर्ष गर्नुपरे पनि अन्ततः २९ औँ ओभरमा ८ विकेटको क्षतिमा टोलीले उक्त लक्ष्य भेट्ट्यायो । यसरी नेपाल प्रतियोगिता भर अपराजित रहँदै उपाधिसहित यात्रालाई सुखद अन्त्य सफल भयो ।

- टोलीको प्रदर्शन
प्रतियोगिताभर २४ खेल खेलिएका थिए । जसमा ५ हजार ८७९ रन बने भने ३५२ वटा विकेट खसे ।
नेपालले आफ्नो ६ खेलमा १ हजार २०७ रन जोड्यो भने ५२ वटा विकेट लिन सफल भयो । टोलीका लागि ब्याटरहरुले ७ वटा अर्धशतक र २ वटा शतक हिर्काएका थिए । एक पटक १ सय रनभन्दा बढीको साझेदारी भएको थियो ।
- ब्याटिङमा नयाँ स्टार
यस प्रतियोगितामा नेपालका लागि ब्याटिङमा रौनक श्रीवास्तव चम्किए । उनले ६ खेलमा ७४ को औसतले सर्वाधिक २९६ रन बनाए । उनी प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउने ब्याटर पनि बने । उनले यस क्रममा १ शतक र १ अर्धशतक प्रहार गरे ।

रौनकले भुटानविरुद्ध १३२ बलमा बनाएको १६८ रन प्रतियोगितामा कुनै पनि ब्याटरले बनाएको उच्च स्कोर रह्यो । उनले बनाएको ८८ रन पनि प्रतियोगिताको आठौँ उच्च स्कोर थियो ।
प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने सूचीमा प्रसिद्ध जैसी चौथो स्थानमा रहे । उनले ६ खेलमा ६१.५० को औसतले २४६ रन बनाए । यस क्रममा उनले पनि १ शतक र १ अर्धशतक बनाए ।
प्रसिद्धले इन्डोनेसियाविरुद्ध ११४ बलमा १३२ रन बनाएका थिए । उनले बनाएको यो स्कोर प्रतियोगिताको सबैभन्दा ठुलो व्यक्ति स्कोरको सूचीमा तेस्रो स्थानमा रह्यो ।
परिमर्जन यादव यो सूचीमा १० औँ स्थानमा रहे । उनले ४ खेलमा १४५ रन जोडे । ४८.३३ को औसतले रन बनाएका उनले २ अर्धशतक बनाएका थिए । उनले इन्डोनेसियाविरुद्ध सबैभन्दा चाँडो २० बलमा अर्धशतक बनाएका थिए ।
उनी प्रतियोगितामा सबैभन्दा धेरै स्ट्राइक रेट भएको ब्याटर बने । तीव्र गतिमा रन जोडेका उनको स्ट्राइक रेट २५३.५७ रह्यो ।

- छक्का र चौकाको वर्षा
टोलीका लागि परिमर्जन यादवले सबैभन्दा धेरै छक्का प्रहार गरे । उनले ४ खेलमा कूल १३ वटा छक्का प्रहार गरे । उनी प्रतियोगितामा सबैभन्दा धेरै छक्का प्रहार गर्ने सूचीमा दोस्रो स्थानमा रहे । उनले एकै खेलमा ८ वटा र अर्को खेलमा ५ वटा छक्का प्रहार गरेका थिए ।
त्यस्तै, रौनक श्रीवास्तवले ६ खेलमा कूल ८ छक्का प्रहार गरे । उनी यो सूचीमा चौथो स्थानमा रहे । रौनकले एकै खेलमा ५ छक्का हिर्काएका थिए ।
सबैभन्दा धेरै चौका हिर्काउने ब्याटर रौनक नै रहे । उनले ६ खेलमा २९ चौका प्रहार गरे । उनी प्रतियोगितामा यो सूचीमा दोस्रो स्थानमा रहे ।
त्यस्तै, प्रसिद्ध जैसीले ६ खेलमा २६ वटा चौका प्रहार गरे । शिवांश शर्माले ६ खेलमा २३ वटा चौका प्रहार गरे भने जोय थापाले समान खेलमा १७ वटा चौका प्रहार गरेका थिए ।
- बलिङमा विपिन घातक
बलिङमा नेपाली खेलाडीहरु राम्रो प्रदर्शन गरे । विपिन प्रसाद शर्मा प्रतियोगिताकै सबैभन्दा धेरै विकेट लिने खेलाडी बने । उनले ६ खेलबाट ६.११ को औसतले १७ विकेट लिए । उनको औसत र इकोनोमी प्रतियोगिताकै चौथो उत्कृष्ट थियो ।

उनको उत्कृष्ट बलिङ प्रदर्शन १२ रन खर्चेर ६ विकेट लिनु रह्यो । विपिनले २ पटक ४ विकेट र १ पटक फाइफर लिए ।
विपिनले प्रतियोगितामा सबैभन्दा धेरै डट बल पनि फालेका थिए । उनले ६ खेलमा ५४.१ ओभर बलिङ गर्दै १०४ रन खर्चिँदा कूल २६७ डट बल फालेका थिए ।
त्यस्तै, शुभम खनाल यो सूचीमा तेस्रो स्थानमा रहे । उनले ६ खेलबाट ७.१६ को औसतले १२ विकेट लिए । १ पटक फाइफर लिएका उनको उत्कृष्ट बलिङ प्रदर्शन १५ रन खर्चेर ५ विकेट लिनुरह्यो ।
उनी सबैभन्दा कम रन खर्चिने बलरहरुमा दोस्रो स्थानमा रहे । सबैभन्दा धेरै डट फाल्ने सूचीमा शुभम दोस्रो स्थानमा रहे । उनले ६ खेलमा ८६ रन खर्चिँदा २३८ बल डट बल फालेका थिए ।

शीर्ष १० मा अभय यादव पनि अटाए । नवौँ स्थानमा रहेका अभयले ५ खेलमा १० विकेट लिए । उनले १२ को औसतले १ पटक चार विकेट लिए । उनको उत्कृष्ट बलिङ प्रदर्शन १५ रन खर्चेर ४ विकेट लिनुरह्यो ।
अभय यादव सबैभन्दा धेरै डट बल फाल्ने सूचीमा चौथो स्थानमा रहे । उनले ५ खेलमा ३७ ओभल बलिङ गरे । यस क्रममा उनले १७० वटा डट बल फाल्दै १२० रन खर्चिए ।
- मेडन ओभरमा नेपाली बलर कै दबदबा
यसैगरी, सबैभन्दा धेरै मेडन ओभर फाल्ने रेकर्ड पनि विपिनकै नाम रह्यो । उनले ६ खेलमा कूल १५ वटा मेडन ओभर फालेका थिए ।
सबैभन्दा धेरै मेडन ओभर फाल्ने बलरको सूचीमा शुभम दोस्रो स्थानमा रहे । उनले ६ खेलमा कूल १२ वटा मेडन ओभर फालेका थिए । सचिन भट्टले ६ खेलमा ११ वटा मेडन ओभर फाल्दै यो सूचीमा तेस्रो स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026