एकैदिन चार कम्पनी कालोसूचीमा
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।
- कालोसूचीमा थोमस कन्स्ट्रक्सन, डीजी इगल, शिवम् कन्स्ट्रक्सन र ग्रीन लिफ प्रालि छन्।
- यी कम्पनीहरू विभिन्न कार्यालयको सिफारिसमा परेका हुन्, र उनीहरूले खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक चार कम्पनी कालो सूचीमा राखेको छ । ती चारवटै कम्पनीलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, डीजी इगल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालि, शिवम् कन्स्ट्रक्सन र ग्रीन लिफ प्रालि छन् ।
थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई सहरी विकास तथा भवन कार्यालय विराटनगर मोरङको सिफारिसमा १ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसका मुख्य व्यक्ति मुन्नी कुमारी मेहता हुन् ।
सडक डिभिजन चन्द्रनिगाहापुर रौतहटको सिफारिसमा टोखा नगरपालिका ७ काठमाडौँको डीजी इकल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालिलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ । यस कन्स्ट्रक्सनका मुख्य व्यक्ति रघुनाथ कुमार ठाकुर हुन् ।
जनकपुर उपमहानगरपालिका ८ धनुषाको शिवम् कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न गौशाला नगरपालिकाको कार्यालय महोत्तरीले सिफारिस गरेको थियो । शिवम् कन्स्ट्रक्सनका मुख्य व्यक्ति राधेश्याम झा हुन् ।
काठमाडौँ महानगरपालिका २८ को ग्रीन लिफ प्रालिलाई कालोसूचीमा राख्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीले सिफारिस गरेको थियो । ग्रीन लिफ प्रालिका मुख्य व्यक्ति लुना खरेल हुन् ।
निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण