छानबिन समितिमा राख्ने सदस्यको नाम कांग्रेस र राप्रपाको मात्रै टुंगियो
सारांश
- सङ्घीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिनका लागि समिति गठन हुँदैछ।
- संसदीय विशेष छानबिन समितिमा नेपाली कांग्रेस र राप्रपाले मात्र सदस्यको नाम दिएका छन्।
- सभामुखको सचिवालयका अनुसार समितिमा कांग्रेस र एमालेबाट २-२, माओवादी, रास्वपा र राप्रपाबाट १-१ सदस्य रहनेछन्।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै नाम उपलब्ध गराएका छन् ।
प्रतिनिधिसभा बैठक अगाडि बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा कांग्रेस र एमालेले मात्रै नाम उपलब्ध गराएका हुन् । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य हुने सहमति दलहरूबिच भइसकेको छ ।
सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङको नाम आएको छ । राप्रपाबाट रोशन कार्कीको नाम आएको छ ।
बाँकी एमाले माओवादी र रास्वपाले सभामुखले प्रतिनिधिसभामा वाचन गर्ने बेलासम्म समितिमा रहने सदस्यको नाम उपलब्ध गराउने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण