रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
सारांश
- रसुवागढी जलविद्युत आयोजनामा बाढीका कारण फसेका २३ जनाको उद्धार गरिएको छ।
- नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेका हुन्।
- बाढी नेपाल-चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको थियो।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा मंगलबार आएको बाढीको कारण जलविद्युत आयोजनामा फसेका २३ जनालाई उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् ।सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए ।उद्धारको लागी सेनको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको छ ।
बाढीका कारण सम्पर्क विहीन भएकाहरूको खोजीमा धादिङ स्थित नम्बर–६ बाहिनी अड्डाबाट सेनाको टोलीलाई गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवा स्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशी इलाका तर्फ परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रसुवागढी हाइड्रोपावरको ड्याम साइडबाट उद्धार हुनेमा एक जना चिनियाँ, १५ जना पुरुष र दुई जना महिला सहित छन् ।अहिलेसम्म बाढीबाट प्रभावित ५० जनालाई उद्धार गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनले भने, ‘अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा हालसम्म ५० जनालाई उद्धार गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण