शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बाढी अपडेट

मुस्ताङ बाढी अपडेट : ताल फुटेको आशंका

मङ्गलबार, २४ असार २०८२, १९ : २५
मङ्गलबार, २४ असार २०८२

पोखरा । मुस्ताङको लोमन्थाङ स्थित चुङजुङ खोलामा बाढी आएको छ । लोमन्थाङ ४ हुँदै कालीगण्डकीमा मिसिने उक्त खोलामा दिउँसैदेखि बाढी आएको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।

‘बाढी दिउँसैदेखि आएको हो । अहिलेसम्म रोकिएको छैन,’ उनले भने, ‘ताल फुटेर बाढी आएको हुन सक्छ । यता पानी परेको छैन । अरू कारणले बाढी आएको होइन ।’

मुस्ताङ हिमाल पछाडि रहेको छो ल्योङढ्योक ताल फुटेको हुनसक्ने उनको अनुमान छ । खोला किनारमा रहेका नागरिकहरूलाई सुरक्षित हुन उनले आग्रह गरेका छन् । बाढीले केही पुलहरू समेत बगाएको गुरुङले जानकारी दिए ।

‘त्यहाँ रहेका पुलहरू बगाएको भन्ने सूचना आएको छ । क्षतिको विवरण बुझ्दै छौँ,’ उनले भने । ४ वटा काठेपुल र एउटा बेलिब्रिज बगाएको उनले बताए । 

यस्तै, लोमन्थाङको रिङरोड क्षति भएको छ, बाटोहरू धेरै बिग्रिएको छ । अन्य क्षतिबारे भने जानकारी नरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप