तीन जिल्लामा भारी वर्षा, विभागद्वारा सतर्कता अपनाउन आग्रह
सारांश
- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको छ, जसले गर्दा स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।
- लालबकैया खोलाको जल सतह सतर्कता तह आसपास पुगेको र अन्य खोलामा बहाव बढ्ने खतरा रहेकोले सावधानी अपनाउन विभागको आग्रह छ।
काठमाडौँ । पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानहरूमा व्यापक वर्षा मापन भएको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको विभागले जनाएको छ।
विभागका अनुसार मंगलबार राति ११ः३० बजे बागलुङ जिल्लास्थित गलकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ। सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकोले, कमजोर र भिरालो जमिनमा पहिरोको जोखिमसमेत देखिएको विभागले जनाएको छ। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैगरी, मकवानपुर जिल्लास्थित लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपासमा पुगेको र अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ। मंगलबार राति ११ः०० बजे जारी सूचना अनुसार लालबकैया खोलासहित आसपासका साना खोलाका किनार क्षेत्रहरूमा बाढीको जोखिम रहेकाले बुधबार बिहानसम्म विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
त्यस्तै, सर्लाही जिल्लाको पत्थरकोट र परवानीपुर वर्षा मापन केन्द्रमा पनि पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन भएको छ। थप वर्षा हुने सम्भावनासहित ती क्षेत्रमा बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकाले होचा भूभागमा डुबानको सम्भावना रहेको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागले ती सबै क्षेत्रका स्थानीयवासी, विशेष गरी खोलानाला आसपास तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न पुनः आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण