अवैध हतियारसहित एक दाङबाट युवक पक्राउ
सारांश
- प्रहरीले दाङको घोराहीबाट एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।
- सल्यानका १९ वर्षीय अजय विकलाई लोटस तालिम केन्द्रको होस्टेलबाट पक्राउ गरिएको हो।
- प्रहरीले उनको कोठाबाट पेस्तोल, गोली र म्यागजिन बरामद गरेको छ।
बुटवल । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट प्रहरीले अवैध हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–३, फलाटे घर भई हाल लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विकलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले बुधबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रङ्गको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चार वटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागेजिन फेला पारेको जनाएको छ । ती हतियारसहित विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण