अस्पतालका नियमित सेवा सञ्चालन आए
बुधबार, २५ असार २०८२, २० : २३
सारांश
- नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि अस्पतालहरूमा नियमित सेवा सुरु भएको छ।
- वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत देशभरका अस्पतालहरूमा बहिरंग विभागसहित सबै सेवाहरू सञ्चालनमा आएका छन्।
- उपभोक्ता अदालतको निर्णयपछि चिकित्सक संघले आन्दोलन गरेको थियो, जसका कारण सेवा बन्द भएका थिए।
काठमाडौँ । आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् ।
नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन् ।
वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको बताए ।
चिकित्सकका कारण सोमबार र मङ्गलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो । सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन् ।
उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण