एसीसी यु–१६ कपका विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान
सारांश
- लुम्बिनी प्रदेश खेलकुद परिषद्ले यु-१६ क्रिकेट प्रतियोगिता जितेर फर्केका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ।
- परिषद्ले खेलाडीहरूलाई जनही एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरेको हो।
- दाङ, कपिलवस्तु र घोराहीका खेलाडी र प्रशिक्षकलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो।
बुटवल । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो ।
आज राप्ती उपत्यका (देउखुरी) मा आयोजित एक कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमही नगरपालिका–५, दाङ निवासी शुभम खनाल, कपिलवस्तु निवासी रौनक श्रीवास्तव र घोराही उपमहानगरपालिका निवासी प्रशिक्षक पूरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।
खेलाडी खनाल र श्रीवास्तवले जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले ५० हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरेका छन् । सम्मान कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतको उपस्थिति थियो ।
सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण