खानेपानी माग्दै केयूकेएलमा प्रदर्शन
सारांश
- आजपा निकट सुकुम्वासी संघले खानेपानीको माग गर्दै केयूकेएल कार्यालय अगाडि प्रदर्शन गरेको छ।
- संघले शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्दै यसअघि ध्यानाकर्षण पत्र बुझाएको थियो।
- प्रदर्शनकारीहरूले खानेपानीमन्त्रीको राजीनामाको समेत माग गरेका थिए।
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघले बिहीबार खानेपानीको माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
त्रिपुरेश्वरस्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरिएको आजपा सुकुम्वासी संघका अध्यक्ष कालबहादुर विकले बताए ।
सुकुम्वासी बस्तीमा खानेपानीको माग गर्दै संघले यसअघि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
तर मागबारे सरकारबाट सुनुवाइ नभएपछि बाध्य भएर कार्यालय घेराउ गर्नुपरेको संघको भनाइ छ ।
सहभागीहरूले हात हातमा खाली गाग्री बोकेर प्रदर्शन गर्दै खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा समेत माग गरेका थिए ।
‘आजको २१औं शताब्दीमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा आजदेखि अनिश्चितकालीन धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्वासी संघका अध्यक्ष विकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण