लुम्बिनी प्रदेश सरकारको बजेट ७२ प्रतिशत खर्च
सारांश
- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७२.४३ प्रतिशत बजेट खर्च गरेको छ।
- पुँजीगततर्फ ७२.८७ प्रतिशत र चालुतर्फ ७१.६८ प्रतिशत बजेट खर्च भएको छ।
- खानेपानी मन्त्रालयले सबैभन्दा धेरै ८५.४० प्रतिशत बजेट खर्च गरेको छ।
बुटवल । चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ७२.४३ प्रतिशत रहेको छ । सरकारले ३९ अर्ब ७९ करोडको बजेटमा २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार ३२० रुपैयाँ खर्च गरेको हो ।
लुम्बिनी प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ ७२.८७ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।
यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये १० अर्ब ९९ लाख रुपैयाँ अर्थात् ७१.६८ प्रतिशत खर्च भएको छ ।
लुम्बिनी प्रदेश सरकारले असारमा मात्र साढे ५ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा ५ अर्ब ५२ करोड ५९ लाख ४६ हजार रुपैयाँ खर्च भएको हो ।
कुन मन्त्रालयको कति खर्च ?
प्रतिशतका हिसाबले लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले धेरै बजेट खर्च गरेको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले विनियोजित कुल बजेटको ८५.४० प्रतिशत खर्च गरेको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८.९२ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ६८.२० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ६२.६२ प्रतिशत बजेट खर्च गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७७.०७ प्रतिशत, कृषि, भूमि तथा व्यवस्था मन्त्रालयले ६७.६९ प्रतिशत बजेट खर्च गरेको छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ६१.८३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६५.७५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ७१.३८ प्रतिशत र स्वास्थ्य मन्त्रालयले ६.०४ प्रतिशत बजेट खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ६६.९३ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयमा चालु आर्थिक वर्षका लागि १० अर्ब ४८ करोड ७६ लाख १८ हजार रुपैयाँ विनियोजन भएको थियो, जसमध्ये ७ अर्ब १ करोड ९६ लाख ६४ हजार ५०० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण