नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्न थालिसक्यो, अरुण चौधरी भने अझै राज्यमन्त्री !
सारांश
- नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ र विपक्षी बेन्चमा बसेको छ।
- पार्टीका सांसद अरुण चौधरी अझै मन्त्री पदमा कायमै छन्, पार्टीको निर्देशनको बाबजुद पनि उनले राजीनामा दिएका छैनन्।
- पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अरुणलाई राजीनामा दिन लिखित निर्देशन दिएकी थिइन्।
काठमाडौँ । रञ्जिता श्रेष्ठ अध्यक्ष र रेशम चौधरी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिइसकेको छ । फिर्तामात्रै होइन, संघीय संसदमा उक्त पार्टी प्रतिपक्षी बेन्चमा समेत बस्न थालिसकेको छ ।
तर, सो पार्टीका सांसद अरुण चौधरी भने अझै ओली क्याबिनेटको सदस्यकै रुपमा रहेको पाइएको छ । उनी अझै पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको हैसियतमै रहेका हुन् । मन्त्रालयको आधिकारिक वेबसाइटमा उनी राज्यमन्त्री भएको उल्लेख छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि मन्त्रिपरिषद्को सदस्यका रुपमा उनको नाम कायमै छ ।
तर, स्पष्ट रुपमा असार २२ गते नै नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीले सभामुखलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेका छन् । पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टीको निर्देशन र संसदीय दलको निर्णयअनुसार पार्टीले नेपाल सरकारबाट समर्थन फिर्ता लिने र असार २२ गतेदेखि सरकारको प्रतिपक्षको बेन्चमा बस्ने जानकारीसहित अनुरोध गरिन्छ ।’ सोहीअनुसार नागरिक उन्मुक्ति पार्टी प्रतिपक्ष बेन्च बस्न थालिसकेको सभामुखको सचिवालयले जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष चौधरीले अरुणलाई राजीनामा दिन भनिसकेको बताइन् । ‘लिखित निर्देशन दिइएको हो । उहाँले दिनु भएको छैन’, उनले भनिन् । उनको भनाइअनुसार पार्टीको निर्देशनका बिच पनि अटेरी गरेर अरुणले राजीनामा नदिएको बुझिएको छ।
यस विषयमा अरुण चौधरीलाई बुझ्न सम्पर्क गर्दा उनको एउटा नम्बर बन्द र अर्कोमा फोन नै उठाएनन् । जे होस्, नागरिक उन्मुक्तिमा अरुणले पार्टीको निर्देशनलाई नै दिएको चुनौतीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण