साफ यू– १७ महिला च्याम्पियनसिपका लागि खेलाडीहरूको नामावली पठाउन एन्फाको आग्रह
शुक्रबार, २७ असार २०८२, १३ : ५३
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले साफ यू– १७ महिला च्याम्पियनसिपका लागि खेलाडीको नामावली पठाउन आग्रह गरेको छ ।
एन्फाका महासचिव किरण राईले शुक्रबार प्रदेश तथा जिल्ला फुटबल सङ्घहरूलाई पत्र पठाउँदै आगामी भदौ ४ देखि १५ गतेसम्म भुटानको थिम्पुमा सहभागिताका लागि खेलाडी छनौट गरी पठाउन भनेका हुन् ।
जिल्ला स्तरीय छनौट असार २९ र ३० गते,प्रदेशस्तरीय असार ३१ र साउन १ गते छनौट कार्यक्रम तय गरिएको छ । त्यस्तै केन्द्र स्तरीय छनौट प्रतियोगिता साउन ४,५ र ६ गते हुने एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपाल सहित भारत,भुटान र बङ्गलादेशकाे सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण