बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘जदौ’ को मुख्य भूमिकामा भित्रिए ऋचा र विनोद

शुक्रबार, २७ असार २०८२, १५ : ५३
शुक्रबार, २७ असार २०८२

सारांश

  • अभिनेत्री ऋर्चा शर्मा र अभिनेता विनोद न्यौपाने फिल्म ‘जदौ’ मा कलाकारको रूपमा अनुबन्धित भएका छन्।
  • फिल्मको कथा अन्तर्जातीय प्रेम सम्बन्धमा आधारित छ, जसको लेखन काजी लिम्बूले गरेका हुन्।
  • सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले फिल्मको संयुक्त निर्माण गर्नेछन्।

काठमाडौँ । फिल्म ‘जदौ’ का कलाकारको रूपमा अभिनेत्री ऋर्चा शर्मा र अभिनेता विनोद न्यौपाने भित्रिएका छन् । निर्माण पक्षले फिल्मको मुख्य भूमिकामा यी दुवैलाई भित्र्याएको हो ।

ऋर्चा र विनोद भित्रिएसँगै फिल्ममा कलाकारको लाइन अप पनि बलियो भएको छ । फिल्मका लागि यसअघि मुकुन भुसाल र नीति शाह अनुबन्धित भएका थिए । अन्तर्जातीय प्रेम सम्बन्धको कथामा निर्माण फिल्मको लेखन काजी लिम्बूले गरेका हुन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गर्न लागेको फिल्मको सह–निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री रहेका छन् । 

भदौ पहिलो साताबाट छायाङ्कन सुरु हुने फिल्मको  निर्देशक भने अहिलेसम्म छनोट भएको छैन । निर्माण ब्यानर सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार, प्राविधिकबारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छिन् ।

दाङ र प्युठानका विभिन्न स्थानमा छायाङ्कन हुने फिल्ममा बाबुल गिरीको संगीत रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप