मोरङमा चार जना पत्रकार सम्मानित
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङले चार जना पत्रकारलाई सम्मान गरेको छ । सहकारी संस्थाको १४ औँ स्थापना दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबिच नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष सुवास ढकाललाई ५१ हजार राशिको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ प्रदान गरेको हो ।
यस्तै नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेललाई ५० हजार राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। त्यस्तै,पत्रकार श्रेष्ठसहित अन्य तीन जना पत्रकारलाई सम्मान गरिएको हो। पत्रकार अनिल श्रेष्ठलाई २१ हजार राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार २०७८’ प्रदान गरिएको छ ।
त्यस्तै, कोशी सन्देशकी पत्रकार रुमा दाहाल निशालाई १० हजार राशिको ‘मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकदेव अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जुङ, मोरङ अध्यक्ष सुशिला पाठक, तथा सञ्चारकर्मी सञ्चार सहकारीका अध्यक्ष दिपक दाहाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
-
स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
-
रास्वपा महाधिवेशन उद्घाटनमा गगनदेखि सीके राउतसम्म सहभागी, तस्बिरहरू
-
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न माग
-
रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण