विवादका कारण ‘रोजी’को छायाँकन अनिश्चित
काठमाडौँ । विवादका कारण छायाँकन रोकिएको चलचित्र ‘रोजी’को छायाँकन दिन प्रतिदिन अनिश्चित बन्दै गइरहेको छ । रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन पहिले रोकिएको थियो ।
चलचित्र बिकाश बोर्डले निर्माण युनिट, रोजीको परिवार र ज्याँपू समुदायलाई एक ठाउँमा राखेर विवाद मिलाउने प्रयास गरेपनि उक्त प्रयास सफल हुन सकिरहेको छैन ।
बुधबार पनि चलचित्र विकास बोर्डमा भएको त्रिपक्षिय वार्तामा रोजी परिवारले चलचित्रको शीर्षक नै परिवर्तन गर्नु पर्ने लगायतका केही अडान राखेपछि एक महिना पछि गर्ने भन्दै वार्ता रोकिएको विकाश बोडले जनाएको छ ।
रोजी परिवारले चलचित्रको मूर्हुतको समाचार बाहिर आएदेखिनै निर्माणको विषयमाथि आपत्ति जनाउँदै आएका छन् । चलचित्र विकास बोर्डमा रोजी परिवारले छायाँकन रोक्न निवेदन हालेपछि केही पहिले विकाश बोडले छायाँकन रोकेको थियो ।
चलचित्र रोजीका निर्माता निर्देशक निरक पौडेलले चलचित्रको छायाँकन रोक्न नहुने बताएका छन् । ‘छायाँकन रोकिदा लाखौँको नोक्सानी भएको छ,’ निर्देशक पौडेलले भने ‘यसको पुर्ती कस्ले गर्छ ।’
रोजीका परिवारले चलचित्रको नाम परिवर्तन गरेर छायाँकन गर्न सकिए बताए ।
गोपीकृष्ण मुभिज प्रा.लिको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘रोजी’ प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण