चोभारमा पोखरीमा डुबेका बालकको सकुशल उद्धार
आइतबार, २९ असार २०८२, १२ : ५३
सारांश
- कीर्तिपुरको चोभार डाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेका बालकको सकुशल उद्धार गरियो।
- सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले बालकको उद्धार गरेको हो।
- उद्धार गरिएका बालकलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगियो।
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुबेका बालकको प्रहरी र सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार बिहान दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–३ घर भएर काठमाडौँको कालिमाटी बस्ने १० वर्षीय विवेक तामाङ पौडी खेल्ने क्रममा डुबेका थिए ।
सशस्त्र प्रहरीको नम्बर–१८ गणका इन्स्पेक्टर कृष्णराज अधिकारीको कमान्डमा खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनलाई उपचारको लागि कीर्तिपुर अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण