शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सोमबार यी नदीहरूमा बाढीको जोखिम

सोमबार, ३० असार २०८२, ०९ : ३६
सोमबार, ३० असार २०८२

सारांश

  • देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ ।
  • बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान छ ।

517963408_122183978558355476_5118943730259196467_n518025289_122183978540355476_8217526231452507036_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप