रास्वपाका सांसद चौधरीको प्रश्न : गृह, भूमिसुधार र सामान्य प्रशासन मन्त्रीमाथि कारबाही खोइ ?
सोमबार, ३० असार २०८२, १३ : २४
सारांश
- रास्वपाका सांसद अशोक चौधरीले प्रतिनिधिसभामा तीन मन्त्रीमाथि कारबाहीको प्रश्न उठाए।
- सांसद चौधरीले गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तामाथि पदको दुरुपयोगको आरोप लगाए।
- मन्त्रीहरू भिजिट भिसा र घूस डिल प्रकरणमा मुछिएकाले सांसद चौधरीले राजीनामाको माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अशोक चौधरीले प्रतिनिधिसभामा तीन मन्त्रीमाथि कारबाही गरेको खोइ भन्ने प्रश्न गरेका छन् । सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पदको दुरुपयोग गरेका प्रमाणहरू बाहिरिँदा पनि किन कारबाही नगरेको भन्दै प्रश्न उठाए ।
सांसद चौधरीले गम्भीर आरोपबिच कर्तव्यच्यूत भएर कुर्सीमा बसिरहनु कत्तिको उपयुक्त हुन्छ ? भन्ने प्रश्न पनि गरे । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा र मन्त्री अधिकारी र गुप्ता घूस डिल प्रकरणमा मुछिएकाले राजीनामा दिनुपर्ने चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण