कांग्रेसले संसदमा उठायो मन्त्रीको घूसकाण्ड
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घूस डिलिङको अडियोको वास्तविकता के हो भन्दै प्रश्न उठाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले अडियोको वास्तविकताबारे प्रश्न उठाएकी हुन् ।
‘मन्त्री र पूर्व मन्त्रीको अडियोको वास्तविकता के हो ? गल्ती गरेको प्रमाणित भए राजीनामाले मात्र चोखिन मिल्दैन,’ सांसद न्यौपानेले भनिन् । उनले भिजिट भिसाको नाममा संसद् बहिष्कार गर्ने रास्वपाका सांसदहरूलाई पनि ६ प्रश्न सोधिन् ।
उनका प्रश्न यस्ता थिए
१. तपाईहरुको सभापति भिजिट भिसामार्फत अमेरिका पुग्नुभएको हो कि हैन ?
२. भिजिट भिसामा गएको व्यक्ति विभिन्न हतकण्डा अपनाएर त्यहीको नागरिक बन्नुभएको हो कि हैन ?
३. नेपालको नागरिकता त्यागिसकेको व्यक्ति फर्केर नेपाल आएपछि नेपाली नागरिक बन्न किन चाहनु भएन ?
४. नक्कली नागरिकता प्रयोग गरेर राज्यलाई गुमराहमा राख्दै विभिन्न पदमा बस्न,सेयर होल्डर बन्न, चुनाव लड्न, सरकारमा सामेल हुन कुन नैतिकताले दियो ?
५. अदालतको विचाराधीन विषयलाई नै प्रभावित पार्ने गरी जुलुस नाराबाजी, हस्ताक्षर जस्ता गतिविधि गर्न मिल्छ ?
६ .पुर्पक्षका लागि थुनामा रहेका र निलम्बनमा परेका व्यक्ति पार्टीको सभापति र दलको नेता रहिरहन मिल्छ कि मिल्दैन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण