मन्त्रीको छोराले चलाएको कार दुर्घटना, एक जना गम्भीर घाइते
सारांश
- महोत्तरीको जलेश्वरमा कारको ठक्करबाट स्कुटी चालक गम्भीर घाइते भएका छन्।
- दुर्घटनामा कार चालक र मन्त्रीको छोरासमेत घाइते भएका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
जनकपुर । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ कारको ठक्करबाट स्कुटी चालक गम्भीर घाइते भएका छन् । जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ गइरहेको कारले ठक्कर दिँदा स्कुटी चालक श्यामकुमार शर्मा घाइते भएका हुन् ।
उनलाई ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपी शैलेन्द्र कुमार खड्काका अनुसार बा१५च ५२३३ नम्बरको कारले प्रदेश २–००–००२ प ८८५० नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।
कार चालक सुमित शर्मासमेत सामान्य घाइते भएका छन् । कार चालक शर्मा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीको छोरा हुन् ।
मन्त्री तिवारीले छोरा–बुहारी कारमा गइरहेको अवस्थामा अचानक छोरा बेहोस हुँदा अनियन्त्रित भएको कारले स्कुटीलाई ठक्कर दिन पुगेको बताएकी छन् । दुर्घटनामा आफ्नो छोरासमेत घाइते भएको उनको भनाइ छ । सुमितको भने जनकपुरमै उपचार भइरहेको जनाइएको छ ।
डीएसपी खड्काले दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण