बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बीमा प्राधिकरण : ओझाको निलम्बनपछि पोखरेललाई दिइयो जिम्मेवारी

मङ्गलबार, ३१ असार २०८२, १४ : २५
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।
  • मन्त्रिपरिषद्ले छानबिन समिति बनाएपछि शरद ओझा निलम्बनमा परेका थिए।
  • अर्थ मन्त्रालयले पोखरेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो।

काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए । 

प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै पोखरेललाई जिम्मेवारी दिएर पठाइएको अर्थ मन्त्रालयले जनाएको छ । 

सोमबार साँझ मन्त्रिपरिषद् बैठकलगत्तै अर्थमन्त्रीले सो जिम्मेवारीसम्बन्धी निर्णय गरेका थिए । पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् । सोही महाशाखाले अहिले बीमा प्राधिकरणसँग समन्वय गर्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप