आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

यात्रा गर्दै हुनुहुन्छ ? पाँच प्रदेशका यी सडक छन् अवरूद्ध

मङ्गलबार, ३१ असार २०८२, २० : ३९
मङ्गलबार, ३१ असार २०८२

काठमाडौँ । बागमती सहित पाँच प्रदेशका विभिन्न सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

मंगलबार साँझ ७:५० बजेसम्म बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकहरू वर्षा र बाढी पहिरोका कारण पूर्ण तथा आंशिक रुपमा अवरुद्ध भएका हुन् । 

अविरल वर्षाका कारण संखुवासभास्थित भोटखोला गाउँपालिका वडा नम्बर ४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै नेपाल चिन नाका जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङ,गुल्मी,रोल्पा,रुकुमपश्चिम,डोल्पा जिल्ला अन्तर्गतका सडकहरू समेत पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । 

516925915_1395516691729858_5729592518576075812_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप