भारतविरुद्ध चौथो टेस्टका लागि इंग्ल्याण्डको टिममा परिवर्तन
बुधबार, ३२ असार २०८२, ०० : ५९
सारांश
- इंग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टका लागि टोलीमा परिवर्तन गरेको छ।
- घाइते शोएब बशीरको स्थानमा लियाम डसनलाई टोलीमा समावेश गरिएको छ।
- म्यानचेस्टरमा हुने खेलका लागि डसनलाई टिममा समावेश गरिएको हो, र इंग्ल्याण्ड २-१ ले अगाडि छ।
काठमाडाैँ । भारतविरुद्धको एन्डरसन–तेन्दुलकर ट्रफी अन्तर्गतको चौथो टेस्ट खेल अघि इंग्ल्याण्डले आफ्नो टोलीमा परिवर्तन गरेको छ। घाइते स्पिनर शोएब बशीरको स्थानमा अनुभवी खेलाडी लियाम डसनलाई टोलीमा समावेश गरिएको हो।
२३ जुलाई देखि म्यानचेस्टरमा हुने खेलका लागि डसनलाई टिममा समावेश गरिएको हो। शोएब बशीर तेस्रो टेस्टमा खेल्दा घाइते भएका थिए।
३५ वर्षीय डसनले सन् २०१७ मा अन्तिम पटक इंग्ल्याण्डका लागि टेस्ट खेलेका थिए। उनL;Fu तीन टेस्ट खेलको अनुभव छ।
१० देखि १४ जुलाईसम्म लर्ड्समा भएको तेस्रो टेस्टमा इंग्ल्याण्डले भारतलाई २२ रनले हराएको थियो। पाँच खेलको शृङ्खलामा अहिले इंग्ल्याण्ड २–१ ले अगाडि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण