रुप्सेद्वारा क्रिकेटर सुशील रावललाई १ लाख सहयोग हस्तान्तरण
काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका युवा क्रिकेटर सुशील रावललाई रुप्से होलिडेज प्रालिले एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले उक्त सहयोग रकमको चेक नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहमार्फत रावलका लागि हस्तान्तरण गरेका हुन् ।
केही दिनअघि सामाजिक सञ्जालमार्फत क्रिकेटर रावलले आफूलाई खादा र माला होइन, भारतमा तालिममा जानका लागि आर्थिक सहयोग आवश्यक रहेको बताएका थिए । सोही सन्दर्भमा रुप्से होलिडेजले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
चेक हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक पराजुलीले नेपाली क्रिकेटसँग जोडिन पाउनु गौरवको विषय भएको उल्लेख गरे । उनले भने, “खेलाडी रावलले भनेझैँ अब खेलाडीलाई माला र खादा मात्र होइन, सीधा सीप र करिअरमा टेवा पुग्ने खालको सहयोग आवश्यक छ ।” उनले नेपाली क्रिकेटको समृद्धिका लागि खेलाडीको वृत्ति विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
क्यानका उपाध्यक्ष सिंहले निजी क्षेत्रबाट क्रिकेट खेलाडीका लागि आएको सहयोग प्रशंसनीय भएको बताए । “रुप्से होलिडेजले जस्तो संस्थाले ग्रासरुट क्रिकेटमा ध्यान दिँदै सहयोग गर्नु महत्त्वपूर्ण छ,” उनले भने, “यस्ता सहयोगले नेपाली क्रिकेटलाई अझ माथि उठाउन मद्दत गर्छ ।”
यसअघि प्रकाशित समाचारको शीर्षकमा अन्यथा भएकाले सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान क्रिकेट टिममा कप्तानीको कस्तो ‘खेल’ चलिरहेको छ?
-
दुई मिनेटमा इंग्ल्याण्डको दुई गोल
-
प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण