सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
बुधबार, ३२ असार २०८२, १५ : ०४
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयरलाई घुससहित पक्राउ गरेको छ।
- मेयर रामपुकार साहलाई बर्दिबासमा रहेको आयोगको टोलीले एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो।
- प्रहरीका अनुसार, उनलाई एक उपभोक्ता समितिबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धान आयोगका अनुसार साहलाई मंगलबार कल्याणपुर नगरपालिका कार्यालय परिसरबाटै सेवाग्राहीसँग नगद घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयमा लगिएको छ।
साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण