सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सारांश
- सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ मा देशभरका १४८ शाखाबाट वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
- बैंकले सातै प्रदेशमा विभिन्न उमेर समूहका व्यक्तिहरूलाई वित्तीय ज्ञान प्रदान गरेको छ, जसबाट १० हजार लाभान्वित भए।
- कार्यक्रममा वित्तीय साक्षरताको महत्व र डिजिटल बैंकिङका जोखिमबारे जानकारी गराइएको थियो।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा देशभरका आफ्ना १४८ शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आम सर्वसाधारणमा वित्तीय सचेतना जगाउने उद्देश्यका साथ बैंकले सातवटै प्रदेशमा यी कार्यक्रमहरू सञ्चालन गरेको हो।
यस क्रममा कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखा कार्यालयहरूले विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहलाई लक्षित गरी वित्तीय ज्ञान प्रदान गरेका छन्। यी कार्यक्रमहरूबाट करिब १० हजार व्यक्तिहरू लाभान्वित भएको बैंकले जनाएको छ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे विस्तृत जानकारी गराइएको थियो। साथै, डिजिटल बैंकिङको विकाससँगै बढेका अपराध र जोखिमका बारेमा समेत सचेतना प्रदान गरिएको थियो। बैंकले नगद कारोबार, लेनदेन र विप्रेषण जस्ता वित्तीय कारोबारका लागि बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ।
बैंकको विश्वास छ कि यसबाट बैंकिङ प्रणाली अझ सुदृढ हुनेछ र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुनेछ। सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन र सामुदायिक विद्यालय एवं असाहयहरूका लागि सञ्चालित संस्थाहरूमा सहयोग गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण