बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते

बिहीबार, ०१ साउन २०८२, ०९ : २१
बिहीबार, ०१ साउन २०८२

सारांश

  • सर्लाहीको लालबन्दीमा ट्रकका सहचालकको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ।
  • रौतहटबाट धानको भुस लिन आएको ट्रकमा करेन्ट लाग्दा दुई जना घाइते भए।
  • घाइतेहरुको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ र प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ।

रौतहट । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यु माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु भएको छ । सो क्रममा अन्य दुई जना घाइते भएका छन्।

आज बिहान अन्दाजी ६ः४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना।६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनबाट करेन्ट पास भएको थियो।

करेन्ट लागेका  रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको उपचारको क्रममा  मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए । करेन्ट लागेर अन्य दुईजना कामदारहरू घाइते भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरूलाई तत्कालै उपचारको लागि नमुना अस्पताल हरिवन पठाएको थियो।

 ट्रकमा काम गर्दै आएका २५ वर्षीय कुन्दन पासवान र  ४० वर्षीय जागेश्वर पासवान दुवै उपचाररत छन्। उनीहरूको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीका अनुसार उक्त ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप