विमान दुर्घटना
एयर इन्डिया विमान दुर्घटनाः प्रारम्भिक रिपोर्टमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह
शुक्रबार, ०२ साउन २०८२, ०४ : १३
सारांश
- एयर इन्डिया विमान दुर्घटनाको अनुसन्धान जारी रहेको छ र प्रारम्भिक रिपोर्टको आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरिएको छ।
- एएआईबीका महानिर्देशकले अन्तर्राष्ट्रिय मिडियाले अपुष्ट सूचनाका आधारमा पाइलटमाथि दोष देखाएकोमा असन्तुष्टि व्यक्त गरे।
- गत १२ जुनमा अहमदाबादबाट लन्डन जाँदै गरेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा २६० जनाको मृत्यु भएको थियो।
काठमाडौँ। एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताउँदै ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ (एएआईबी) ले प्रारम्भिक रिपोर्टकै आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेको छ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एएआईबीका महानिर्देशक जी.भी.जीं युगंधरले एक भने, ‘केही अन्तर्राष्ट्रिय मिडियाले अपुष्ट सूचनाका आधारमा पाइलटमाथि दोष देखाउने रिपोर्ट सार्वजनिक गरिरहेका छन्, जुन गैर(जिम्मेवारपूर्ण कार्य हो।’
गत १२ जुनमा अहमदाबादबाट लन्डनकाे गैटविक एयरपोर्ट जाँदै गरेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडानपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण