आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सारांश
- आज संघीय संसदका पाँच संसदीय समितिका बैठक बस्ने भएका छन्।
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई सेवा प्राधिकरण विधेयकमाथि छलफल हुनेछ।
- महिला तथा सामाजिक मामिला समितिमा घले समुदायको जातीय सूचीकरणबारे छलफल हुनेछ।
काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका विभिन्न पाँच संसदीय समितिका बैठक बस्ने भएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४८औँ बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
बिहान ८ बजे नै सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन सम्बन्धमा छलफल भइरहेको छ ।
बिहान ८ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने काठमाडौँ चक्रपथ, कलङ्की–महाराजगन्ज खण्डको डिपिआरका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
मध्यान्ह १२ः१५ राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ भने ११ः३० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरुबारे छलफल हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण