सुर्खेत जिल्ला अदालतद्वारा एक वर्षमा १ हजार ९०० भन्दा बढी मुद्दा फर्छ्यौट
सुर्खेत । सुर्खेत जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ९२४ थान मुद्दा फर्छ्यौट गर्दै लक्ष्यको ९१.७९ प्रतिशत प्रगति हासिल गरेको छ । अदालतले कुल २ हजार ९१२ थान मुद्दामध्ये ६६.०७ प्रतिशत मुद्दाको छिनोफानो गरेको हो ।
अदालतले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको सुरुवातमा जिम्मेवारी सरी आएका १ हजार ३ थान र नयाँ दर्ता भएका १ हजार ९०९ थान गरी कुल २ हजार ९१२ मुद्दा विचाराधीन थिए ।
अदालतले यस अवधिमा २ हजार ९६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा १९२४ थान मुद्दाको किनारा लगाउन सफल भएको हो ।
मुद्दा फछ्र्यौटमा उल्लेखनीय प्रगति भए पनि अझै ९८८ थान मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । बाँकी रहेका मुद्दामध्ये ७ थान मुद्दा दुई वर्षभन्दा पुराना छन् भने ४१ थान मुद्दा १८ महिना नाघेका छन् । त्यसैगरी, एक वर्ष नाघेका मुद्दाको संख्या १६३ रहेको अदालतले जनाएको छ । पुराना मुद्दाको संख्याले न्याय प्रक्रियामा अझै चुनौती रहेको देखाउँछ ।
अदालतका अनुसार मुद्दा फर्छ्यौटमा न्यायाधीशहरूको कार्यसम्पादन हेर्दा, जिल्ला न्यायाधीश दीपक ढकालले सबैभन्दा बढी ७५६ थान मुद्दा फर्छ्यौट गरेका छन् । त्यसैगरी, जिल्ला न्यायाधीश वसन्तराज जोशीले ६११ थान र निलकण्ठ बरालले ५२३ थान मुद्दाको किनारा लगाए ।
यसै अवधिमा न्यायाधीश हिरण्यप्रसाद भण्डारीले १९ थान र मनोज श्रेष्ठले १५ थान मुद्दा फर्छ्यौट गरेको विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण