एक वर्षमा ८ लाख ३९ हजार वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति
शुक्रबार, ०२ साउन २०८२, ११ : ०६
सारांश
- गत आर्थिक वर्षमा ८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
- श्रम स्वीकृति लिनेमा नयाँ ५ लाख ५० हजार र पुनः श्रम स्वीकृति लिने ३ लाख ३३ हजार रहेका छन्।
- अघिल्लो आवको तुलनामा मेनपावर व्यवसायीको संख्या घटेको छ।
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट वैदेशिक राेजगारीको लागि ८ लाख बढि श्रम स्वीकृति प्रदान भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे प्रगति विवरण अनुसार वैदेशिक रोजगारीको लागि कूल ८ लाख ३९ हजार २ सय ७० श्रम स्वीकृति उपलब्ध गराइएको हो ।
यसमा नयाँ श्रम स्वीकृति ५ लाख ५० हजार रहेको छ भने पुनः श्रम स्वीकृति ३ लाख ३३ हजार रहेको छ । वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति नयाँ ६० प्रतिशत र पुनः श्रम स्वीकृति ४० प्रतिशत रहेको मन्त्रालयले जनाएको हो ।
अघिल्लो आवमा वैदेशिक रोजगारका लागि कूल १ हजार ७७५ जना मेनपावर व्यवसायी रहेकोमा आव २०८१/०८२ मा १ हजार ६९ व्यवसायीहरु सक्रिय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण