एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ
सारांश
- एमाले पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कर्ण थापाबीच सवालजवाफ भयो।
- थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको कुरा उठाएपछि ओलीले रोकेका थिए।
- बैठकमा विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरे।
काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा स्थायी कमिटि सदस्य कर्ण थापा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच सवालजवाफ भएको छ । शुक्रबारको बैठकमा उनीहरुबीच सवालजवाफ भएको हो ।
एक नेताका अनुसार बैठक सुरु हुनासाथ स्थायी कमिटि सदस्य थापाले बोल्न खोजेका थिए । तर अध्यक्ष ओलीले तपाई(थापा)को बोल्ने पालो नआएको भन्दै रोके । त्यसक्रममा उनीहरुबीच सवालजवाफ भयो ।
'प्रतिवेदन पेस पश्चात् बोल्ने पालो आएपछि थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको कुरा उठाएका थिए,ती नेताले थापाले बोलेको कुरा उद्धृत गर्दै भने,'तपाई(ओली)६० वर्षको हुँदाखेरी ७० वर्षे उमेरहदको कुरा उठेको थियो । त्यतिखेर तपाईले उठाउनुभयो । अहिले अब हामी ६० वर्षका भएका छौँ, तपाईं ७० वर्षको पुग्नुभयो । हामीले अहिले उक्त कुरा उठाउन किन नपाउने ?'
पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरिरका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण