किन राजेन्द्र लिङ्देनको बर्खास्तीमा परे राप्रपाका उपाध्यक्ष ?
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा बर्खास्त भएका छन्।
- अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएका हुन्।
- पार्टी प्रवक्ताका अनुसार गिरीले नवराज सुवेदीलाई कारबाहीको विरोध गरेका थिए र पार्टी हित विपरीत काम गरेका थिए।
काठमाडौँ । पार्टी हितविपरित गतिविधि गरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरी बर्खास्तीमा परेका छन् । शुक्रबार गिरीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट बर्खास्त गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार गिरीले पार्टी हितविपरित गतिविधि गरेपछि पदबाट हटाइएका हुन् । 'गिरी मनोनीत उपाध्यक्ष र मनोनीत केन्द्रीय सदस्य हुन् । नवराज सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरे । उहाँ सुवेदीलाई बोकेर कारबाही गर्नु ठिक छैन भन्दै निर्वाचन आयोगमा जानुभयो,श्रेष्ठले भने,'लामो समयदेखि नै मनोनीत पदको मर्यादा वपरित पार्टी हितविपरित गतिविधि गरिएको भन्दै हटाइएको हो ।'
यसअघि नवराज सुवेदीलाई हटाइएको थियो सगुन लावतीलाई पनि हटाइएको थियो त्यसपछि नवराज सुवेदी निर्वाचन आयोग जाँदा गिरि दायाँबायाँ थिए।
त्यसकै आक्रोशमा लिङ्गदेनले गिरीलाई हटाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण