नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै
सारांश
- नेपाली महिला कबड्डी टोली भारतको हरियाणामा हुने विश्वकपमा भाग लिन जाँदैछ।
- प्रतियोगितामा नेपालसहित विभिन्न देशका टोलीहरू सहभागी हुनेछन्, जसमा एसियाको तेस्रो स्थानमा रहेको नेपाल पनि हो।
- टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिइयो र खेलाडीहरूलाई देशका लागि उत्कृष्ट प्रदर्शन गर्न हौसला दिइयो।
काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ ।
सहभागी खेलाडीमा कप्तान मानमती विष्टसहित उपकप्तान जयन्ती बडु, मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारु, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी रहेका छन् ।
त्यस्तै, प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद् दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ ।
एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरियतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन् ।
विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बिहीबार एक कार्यक्रमका बिच सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै पदक जितेर आउन शुभकामना दिए । त्यस्तै नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले नेपाली टोलीको तयारी राम्रो भएको बताउँदै पदक जित्नेमा आशावादी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण