बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको घरमा प्रहरी छापा, खुट्टामा ‘इलेकट्रोनिक ट्याग’ लगाइयो

शनिबार, ०३ साउन २०८२, ०१ : ४२
शनिबार, ०३ साउन २०८२

सारांश

  • ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको घर र कार्यालयमा प्रहरीले छापा मारेको छ।
  • बोल्सोनारोलाई देश छाड्न सक्ने सम्भावनाको आधारमा कडा प्रतिबन्ध लगाइएको छ।
  • बोल्सोनारोमाथि २०२२ को चुनाव उल्ट्याउने षड्यन्त्रमा संलग्न भएको आरोप लागेको छ।

काठमाडौँ। ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध सुरु भएको ‘कू प्रयास’ सम्बन्धी आपराधिक मुद्दाका बिच प्रहरीले शुक्रबार बिहान बोल्सोनारोको घर र राजनीतिक कार्यालयमा छापा मारेको छ। ब्राजिलको सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले उनको खुट्टामा इलेकट्रोनिक निगरानी ट्याग पनि लगाएको छ।

सर्वोच्च अदालतले बोल्सोनारोले देशबाट भाग्न सक्ने सम्भावनालाई आधार बनाएर उनीमाथि कडा प्रतिबन्ध लगाएको हो। उनलाई विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्न, दूतावास वरपर जान तथा सामाजिक सञ्जाल प्रयोग गर्न निषेध गरिएको छ।

पूर्व राष्ट्रपति बोल्सोनारो सन् २०२२ को राष्ट्रपति चुनाव उल्ट्याउने षड्यन्त्रमा संलग्न रहेको आरोपमा हाल मुद्दा खेपिरहेका छन्। उनले सबै आरोप अस्वीकार गरेका छन्।

प्रहरीले बोल्सोनारोको घरबाट १४ हजार अमेरिकी डलर बरामद गरेको छ। बोल्सोनारोले उक्त रकम व्यक्तिगत प्रयोगका लागि राखिएको दाबी गर्दै त्यसको रसिद पनि रहेको बताएका छन्।

बोल्सोनारोले प्रहरी चौकीबाहिर बोल्दै आफ्नो खुट्टामा लगाइएको ट्यागलाई ‘सर्वोच्च अपमान’ भनेका छन्। उनले भने, ‘मैले देश छाड्ने सोच कहिल्यै गरेको छैन। म ७० वर्षको भइसकेको व्यक्ति हुँ।’

ब्राजिलको सङ्घीय प्रहरीले बोल्सोनारो र उनका छोरा एडुआर्डोलाई अमेरिकी सरकारसँग मिलेर ब्राजिली अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने योजना बनाएको पनि आरोप लगाएको छ। अदालतका कागजात अनुसार, यसबाट बोल्सोनारोलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप