शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल मेडिकल कलेजद्वारा कर्मचारी आह्वान

शनिबार, ०३ साउन २०८२, १० : ०१
शनिबार, ०३ साउन २०८२

सारांश

  • नेपाल मेडिकल कलेजले विभिन्न पदका लागि स्वास्थ्यकर्मीको माग गरेको छ।
  • कलेजले प्रोफेसर, नर्स, इन्जिनियर लगायतका पदका लागि आवेदन आह्वान गरेको छ।
  • आवेदकले असार १२ गतेभित्र दरखास्त बुझाइसक्नुपर्नेछ।

काठमाडौँ । नेपाल मेडिकल कलेज, काठमाडौँले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरू माग गरेको हो । 

प्रकाशित सूचना अनुसार कलेजले इलेकट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट समेत माग गरेको छ ।

कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरूमा उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । 

इमेल मार्फत व्यक्तिगत विवरण सङ्कलन गरी सर्टलिस्टमा परेकाहरूलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको छ ।

nmc vACANCY-Recovered

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप