वित्त आयोग सदस्य मिश्रको राजीनामा तत्काल स्वीकृत नहुने
आइतबार, ०४ साउन २०८२, १७ : ०४
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ ।
सदस्य मिश्रले साउन १ गते राष्ट्रपति कार्यालयमा पुगेर पदबाट दिएको राजीनामा दर्ता गराएका थिए ।
राष्ट्रपति कार्यालय स्रोतले उनको राजीनामा तत्काल स्वीकृत नहुने बताएको हो । ‘राष्ट्रपतिज्यूबाट तत्काल राजीनामा स्वीकृत नहुने भन्ने कुरा आएको छ । उहाँको राजीनामा दर्ता भएर बसेको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले सूचना निकालेपछि पद रिक्त हुने व्यवस्था कानुनमा छ । राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयले अहिलेसम्म निकालेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण