वर्षा बढेपछि सिद्धार्थ राजमार्गमा सवारी साधनहरूलाई तालिका
पोखरा । भारी वर्षा र सम्भावित जोखिमलाई ध्यान दिएर सिद्धार्थ राजमार्गमा गाडी सञ्चालनको तालिका तोकिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधनहरूको सञ्चालनमा नयाँ समय तालिका निर्धारण गरेको हो ।
आइतबार सूचना प्रकाशित गर्दै कार्यालयले साँझको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधनहरू चलाउन रोक लगाएको छ । ‘यो निर्णय साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले भने ।
नयाँ नियमअनुसार कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जाने लामो दूरीका अत्यावश्यक सेवाबाहेकका सवारी साधनलाई साँझ ४ बजेपछि र छोटो दूरीका सवारी साधनलाई साँझ ५ बजेपछि सञ्चालनमा रोक लगाइएको छ ।
मनसुनको बढ्दो सक्रियता र जल तथा मौसम विज्ञान विभागको गण्डकी प्रदेशमा थप भारी वर्षा हुने पूर्वानुमानका कारण सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यस्तो नियम राखिएको लम्सालले बताए ।
स्याङ्जा जिल्लासँगको समन्वयमा निर्णय गरिएको प्रशासनले जनाएको छ । यस्तै, अत्यावश्यक अवस्थामा बाहेक अन्य समयमा सवारी साधन सञ्चालन नगर्न र गर्नै परेमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न सूचना जारी गरिएको छ ।
पछिल्लो समय भारी वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न खण्डमा पहिरो जाँदा सडक अवरुद्ध हुने र यात्रा जोखिमपूर्ण बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण