विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा केदारमानलाई स्वर्ण
सोमबार, ०५ साउन २०८२, १७ : ४८
सारांश
- केदारमान स्थापितले थाइल्याण्डमा भएको १२औँ विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण जिते।
- उनले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौल समूहमा स्वर्ण पदक प्राप्त गरे।
- यो उनको लगातार चौथो सहभागिता हो, र उनले सबैमा पदक जितेका छन्।
काठमाडौँ । केदारमान स्थापितले १२ औँ विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।
प्रतियोगितामा उनको लगातार चौथो सहभागिता हो । सबैमा उनले पदक जितेका छन् । काजाकिस्तानमा भएको ११ औँ संस्करणमा पनि केदारले स्वर्ण जितेका थिए । किर्गिस्तान र भारतमा भएको क्रमशः नवौँ र दसौँ संस्करणमा रजत जितेका थिए ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार भेटेर सफलताका लागि बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण