समाचार
७ लाख ३१ हजार घुससहित धनगढीका वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा
सोमबार, ०५ साउन २०८२, २१ : १३
सारांश
- अख्तियारले कैलालीका वन अधिकृत पूर्णशंकर यादवलाई घुससहित पक्राउ गरेको छ।
- उनलाई चुरे गाउँपालिकाको सामुदायिक वनको काठको छोडपूर्जीका लागि घुस लिँदै गर्दा पक्राउ गरिएको हो।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सोमबार नियन्त्रणमा लिएको छ ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण